image

  • अर्थ रोजगार
  • समाचार
  • ओलीले विश्वासको मत लिने निर्णयसँगै माधव समूहका सांसदको राजीनामा दिने तयारी
ओलीले विश्वासको मत लिने निर्णयसँगै माधव समूहका सांसदको राजीनामा दिने तयारी

ओलीले विश्वासको मत लिने निर्णयसँगै माधव समूहका सांसदको राजीनामा दिने तयारी

काठमाडौँ । २७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै एमालेको माधव नेपाल पक्षका सांसद सामूहिक राजीनामा दिने छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न नेपाल पक्षले यस्तो निर्णय लिने गरी छलफल अगाडि बढाएको हो । सांसदबाट राजीनामा गर्ने राजनीतिक निर्णयबारेमा नेपाल निकट स्रोतका अनुसार छलफल भइरहेको छ ।

नेपाल पक्षका सांसदमध्ये कम्तीमा २० जनाले राजीनामा दिएको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुनेछ । त्यो अवस्थामा संसदमा २ सय ५१ जना सांसद हुनेछन् । र, कायम रहेको सांसद संख्याको बहुमतले सरकार बनाउने हुन्छ । त्यसअनुसार १ सय २८ जना भए बहुमत पुग्छ । त्यसका लागि कांग्रेस–माओवादी गठबन्धनसँग रहेको १ सय ९ सिटमा १९ जना सांसद भए पुग्छ ।

जसपाको उपेन्द्र–बाबुराम भट्टराई पक्षका १८ सांसद र जनमोर्चाको १ सांसद जोड्दा बहुमत संख्या पुग्न सक्छ । सरकार बन्ने अवस्था आउँदा उपेन्द्र यादव पक्षका सांसदको संख्या २२ सम्म पुग्न सक्ने विश्लेषण छ । 

२७ वैशाखमा विश्वासको मत लिनु ठीकअघि अर्थात् त्यसै दिन बिहान नेपाल समूहका ३० जना सांसदहरूले राजीनामा दिएको अवस्थामा ओलीलाई थप समस्या पर्नेछ । ३० जनामध्ये ९ जना समानुपातिक सांसद छन् । त्यसैले २७ वैशाखकै बिहान राजीनामा दिएको अवस्थामा ओलीले समानुपातिक सांसदका पूर्ति गर्न सम्भव हुँदैन । त्यसले ओलीलाई झन् समस्या पार्नेछ । 

विपक्षी गठबन्धनको सरकार बन्ने अवस्था आएमा ओली सत्ताबाट त ओर्लिने छन् नै ओलीको अहंम पनि ओरालो लाग्ने विश्लेषण माधव पक्षका नेताहरूको विश्लेषण छ । ओलीले राजनीतिक जीवनकै हत्या गर्न लागेको भन्दै माधव नेपाल पक्षका नेताहरू ओलीलाई सत्ताबाट ओराल्न जुनसुकै राजनीतिक निर्णय लिन सक्ने बताइरहेका छन् ।

शिलापत्रसँग कुराकानी गर्दै एक स्थायी समिति सदस्यले भने, ‘ओलीले पेलेर भित्तामा पुर्‍याइसकेका छन्, ४०(५० बर्षको राजनीतिक जीवनकै हत्या नै गर्ने अवस्थामा पुगेका कारण जुनसुकै राजनीतिक निर्णय लिन सकिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।