image

सङ्क्रमणदर बढेसँगै काभ्रेमा आइसोलेशन सङ्ख्या बढाइँदै

काभ्रेपलाञ्चोक, २१ वैशाख। जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो रहेकाले कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा दिदै जिल्लाको चार स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन सञ्चालनमा ल्याएका छन् । १३ तहमध्ये बाँकी तहले पनि आइसोलेशन व्यवस्थित गर्दैछन् । केन्द्रले हप्ताअघि सबै तहलाई अक्सिजनको थप सुविधासहित आइसोलेशनलाई पूर्ववत् अवस्थामा राख्न आग्रह गरे पनि कसैले चासो दिएका थिएनन् । केही दिनदेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पाँचखाल नगरले गत शुक्रबार १५, बनेपा नगरले आइतबार ५० तथा नमोबुद्ध नगर र रोशी गाउँपालिकाले सोमबारदेखि संयुक्तरूपमा पछि २५ शय्या थप्ने गरी नमोबुद्धको भकुण्डेमा २५ शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएका छन् ।

बनेपाले भने ५० मध्ये चार शय्यामा मात्रै हाल अक्सिजन सेवा उपलब्ध गराइएको नगर उपप्रमुख रेखा दाहालले जानकारी दिनुभयो । पनौती र धुलिखेल नगरमा केही दिनभित्रै आइसोलेशन सञ्चालनमा ल्याउने जनाइएको छ । दोस्रो लहरको सङ्क्रमणको तीन साता बितिसक्दा काभ्रेपलाञ्चोकमा पनि नौ स्थानीय तहले आइसोलेशन व्यवस्थापनमा आलटाल गरिरहेको देखिन्छ । बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालले भने हप्ताअघि नै आइसोलेशन व्यवस्थित गरी सेवा दिइरहेका छन् ।

सम्भावित जोखिमलाई मध्यजर गर्दै आइसोलेशन व्यवस्थित गर्नुपर्नेमा सङ्क्रमित सङ्ख्या न्यून रहेको जनाउँदै आठ तहले बेवास्ता गरेका छन् । “दुई जना त सङ्क्रमित छन्, आइसोलेशन बनाउँदै जाउँला नि”, खोनीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भन्नुभयो । गत वर्ष काभ्रेपलाञ्चोकका सबै स्थानीय तह सबैले आवश्यकताअनुसार क्वारेन्टिन निर्माण गरेका थिए । बनेपा र धुलिखेल नगरले ५० शय्या, पाँचखालले सात, पनौतीले छ र नमोबुद्ध नगरले छ शय्याको आइसोलेशन कक्ष व्यवस्थित गरेका थिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।