image

  • अर्थ रोजगार
  • समाचार
  •  उपत्यकाको नाकाबाट दैनिक २ हजार बढी सवारी आवत जावत, ७ सय ३९ सवारी प्रहरी नियन्त्रणमा
 उपत्यकाको नाकाबाट दैनिक २ हजार बढी सवारी आवत जावत, ७ सय ३९ सवारी प्रहरी नियन्त्रणमा

 उपत्यकाको नाकाबाट दैनिक २ हजार बढी सवारी आवत जावत, ७ सय ३९ सवारी प्रहरी नियन्त्रणमा

काठमाडौँ । बिहीवारदेखि जारी काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा थप कडाइ भएको छ  

अत्यावश्यक काम बाहेक र पासबिना सडकमा निस्किएका सवारी साधनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानहरुमा चेक प्वाइन्ट राखेर सवारी साधनको अनुगमन गरिरहेको छ।

मङ्गलवार बिहान १० बजेसम्म महाशाखाले अनावश्यक रुपमा बाहिर निस्किएका ७ सय ३९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै दुई पाङ्ग्रे रहेका छन्। ५ सय ४७ वटा दुई पाङ्ग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। त्यस्तै २२ वटा ट्याक्सी समेत नियन्त्रणमा लिएको महाशाखाले जानकारी गराएको छ।

त्यस्तै, काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनलाई समेत कडाई गरिएको छ। अहिले काठमाडौं उपत्यका भित्रने विभिन्न नाकाबाट दैनिक ३ हजारको हाराहारीमा सवारी आउने गरेका छन्। सोमवारको ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार विभिन्न नाकाबाट २ हजार ७ सय ५५ वटा सवारी उपत्यकाभित्र प्रवेश गरेका थिए। त्यस्तै २ हजार ३ सय ८८ वटा सवारी बाहिरिएको तथ्याङ्कले देखाउँछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।