image
image

महिला लघुवित्तको सेयरमा लगातार सर्किट, प्रतिकित्ता ४ हजारले नाघ्यो 

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको सेयरमा लगातार ३३ दिन सम्म सकरात्मक सर्किट लागेको छ।

यस अघि चन्द्रागिरी हिल्सको सेयरमा कारोबारमा पनि लगातार ३३ दिन सम्म सर्किट लागेको थियो। ३३ दिन सम्म कारोबारमा लगातार मूल्य बढ्ने महिला लघुवित्त दोस्रो कम्पनी हो।

महिला लघुवित्त कम्पनीको सेयर मूल्य मंगलबार ४ हजार रुपैयाँले नाघेको छ। मूल्य ४ हजार नाघ्दा पनि कम्पनीको एक लाख कित्ता सेयर खरीद माग रहेको छ।

४३८ रुपैयाँमा कम्पनीको पहिलो कारोबार भएको थियो। त्यसपछिको पौने दुई महिना सम्म लगातार ३३ कारोबार दिनसम्म हरेक दिन १० प्रतिशतले मूल्य बढ्दै बैशाख २१ गते प्रति कित्ता ४१५८ रुपैयाँमा किनबेच भएको भइरहेको छ।

१० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत वर्ष फागुनमा सर्वसाधारणलाई चार करोड रुपैयाँको साधारण सेयर बिक्री गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।