image

यूएईबाट फर्केका ५ जना नेपाली डेढ किलो सुनसहित पक्राउ 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ सय ९१ ग्राम सुनसहित पक्राउ परेका ५ जना नेपाली एक महिनाअघि भिजिट भिसामा यूएई पुगेको खुलासा भएको छ ।

भिजिट भिसामा यूएई पुगेका उनीहरु विगत एक महिनादेखि काम विहिन थिए । आकर्षक रोजगारी र राम्रो तलबको प्रलोभन देखाएर उनीहरुलाई एजेन्टले भिजिट भिसामा यूएई पुर्याएको थियो ।  त्यहाँ पुगेपछि उनीहरुलाई एजेन्टले काम दिइएको थिएन।

भिजिट भिसाको म्याद सकिँदा पनि एजेन्टले कुनै पनि किसिमको काम लगाउने छाँट काँट नदेखिएपछि उनीहरुले घर फर्किने निर्णय गरेका थिए । सोमबार पक्राउ परेका उनीहरुले घर फर्किने अडान लिएपछि भिजिट भिसामा लैजाने एजेन्टले नै पीसीआर र प्लेन टिकेट उपलब्ध गराएको थियो । तर, उनीहरुलाई  थाहा थिएन एजेन्टको उद्देश्य । उल्टै झुक्याएर सुन बोकाइदियो ।

स्रोत भन्छ, ‘उनीहरुलाई एजेण्टले स्पीकर घर लगिदिन आग्रह गरेको स्रोतको भनाइ छ । सोही स्पीकरमा लुकाएर राखेको अवस्थामा नेपाल प्रहरीले सुन बरामद गरेका थिए । उनीहरुलाई यूएई पुर्याउने एजेण्टले अर्को तस्करसँग मिलेर सुन बोकाएको श्रोतको दावी छ । उनीहरुलाई एजेण्टले काठमाडौंमा रहेको लुम्बिनी होटलमा सामान पुर्याइदिन भनेका थिए।

विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले सोमबार स्पीकरमा लुकाएर सुन ल्याउँदै गर्दा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।