नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर
काठमाडौँ - बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। यो मूल्य बुधबारको तुलनामा ५०० रुपैयाँले बढेको हो। बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा २ हजार ७५ रुपैयाँमै यथावत् रहेको महासंघले जनाएको छ।









