नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि
काठमाडौं - नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ।
यो मूल्य मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो। मंगलबार सुन प्रति तोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर बुधबार प्रति तोला २ हजार ७५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य २ हजार ४५ रुपैयाँ थियो।









