झापामा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु
काठमाडौं - झापाको कमल गाउँपालिका–३ स्थित रतुवामाई जंगलमा करेन्ट लागेर एक जङ्गली हात्तीको मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको तार खसेको र त्यसैबाट करेन्ट लागेर हात्तीको घटनास्थलमै मृत्यु भएको हो।
वन अधिकृत पाठकले हात्तीको सुँड र एउटा दाँत करेन्टबाट जलेको अवस्थामा फेला परेको जानकारी दिए। घटनापछि डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको उनले बताए।









