‘नक्कली प्रचण्ड’का रूपमा चर्चित कलाकार घनश्याम गौतमको नि!धन
काठमाडौं - कलाकार तथा रंगकर्मी घनश्याम गौतमको ४३ वर्षको उमेरमा सोमबार राति नि!धन भएको छ। पेटको क्यान्सरबाट पीडित गौतमको भक्तपुरस्थित काठमाडौँ क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
‘नक्कली प्रचण्ड’को भूमिकामा अभिनय गरेर टेलिशृङ्खला र प्रहसनहरूमा चर्चित भएका गौतमले ‘मेरी बास्सै’ जस्ता लोकप्रिय टेलिशृंखलामा अभिनय गर्नुका साथै सडक नाटक, रेडियो नाटक र कचहरी नाटकहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।रंगमञ्चसँग गहिरो सम्बन्ध राख्ने गौतम अभिनय प्रशिक्षणमार्फत विद्यालयस्तरका विद्यार्थीहरूलाई समेत मार्गदर्शन गर्दै आएका थिए।
उनको अन्त्येष्टि मंगलबार बिहान पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।









