image
image
पहिरोले बिगारेको लिमीको तील गाउँको खानेपानी योजना पुनर्निर्माण सुरु

पहिरोले बिगारेको लिमीको तील गाउँको खानेपानी योजना पुनर्निर्माण सुरु

काठमाडौँ    -    नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको तील गाउँमा पहिरोले क्षति पुर्‍याएको खानेपानी योजनाको पुनर्निर्माण कार्य सुरु गरिएको छ। यही जेठ १ गते राति गएको पहिरोले गाउँको खानेपानी पाइप लाइन पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो।

सदरमुकाम सिमकोटबाट आवश्यक पाइप ल्याइएपछि स्थानीयवासीले पाइप लाइन पुनः निर्माणको काम सुरु गरेका छन्। खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयबाट उपलब्ध १,८०० मिटर पाइप गाउँमा आइपुगेपछि काम तीव्र रूपमा अगाडि बढाइएको वडा सदस्य तेम्वा तुन्डुप लामाले जानकारी दिए।

लामा अनुसार हाल पाइप राख्ने कार्य अन्तिम चरणमा पुगेको छ। पाइपलाइन राखिसकेपछि इन्टेक निर्माण गरी शीघ्र रूपमा खानेपानी सेवा सुचारु गर्ने योजना छ।

वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार आगामी तीन दिनभित्र पाइपलाइन बिछ्याउने र इन्टेक निर्माणको कार्य पूरा गरेर गाउँमा खानेपानी आपूर्ति सुरु गरिनेछ। पहिरोले सेवा अवरुद्ध भएपछि तील गाउँका २२ घरधुरीका ५० जना बासिन्दा बाध्य भएर खोलाको धमिलो पानी प्रयोग गर्दै आएका छन्।

तस्बिर : सौजन्य सागर लामा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।