त्रिशुली नदीमा पौडी खेल्ने क्रममा ११ वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी
काठमाडौँ - देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा ११ वर्षीया बालिका सृष्टि गुरूङ बेपत्ता भएकी छिन्। बिहीबार साँझ करिब ६ बजेतिर उनी त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण बाट गोताखोरको विशेष टोली परिचालन गरिएको छ। हाल बालिकाको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरी स्रोतले जनाएको छ।









