सल्यानमा युवक रूखमा झुण्डिएको अवस्थामा मृत फेला, घटना शंकास्पद
काठमाडौँ - सल्यानको कुपिण्डे नगरपालिका–६ स्थित डुडाखोल–कुवाखोला नजिकै २३ वर्षीय शंकर बिसी रूखमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान मृत भेटिएका हुन्।
मृतकको चिउँडो, आँखा तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको भन्दै प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान सुरु गरेको छ।बिसी केही समयअगाडि रोजगारीको सिलसिलामा भारत जाने गरेका थिए र ६ महिनाअघि मात्र भारतबाट फर्किएका थिए।
डिएसपी न्यौपानेका अनुसार बिहीबार मृतक बिसी केही स्थानीय युवासँग मेलामा गएका थिए, जसका सम्बन्धमा समेत प्रहरी अनुसन्धान भइरहेको छ।
हाल शवलाई पोष्टमर्टमका लागि अस्पताल पठाइएको छ भने घटनाको पूर्ण यथार्थ पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।









