image
image
आलम प्रकरणमा सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी

आलम प्रकरणमा सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी

काठमाडौँ   -    रौतहट बम विस्फोट घटनामा नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफ्ताव आलमलगायतलाई सफाइ दिने फैसलापछि सो निर्णय सुनाउने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका दुई न्यायाधीशविरुद्ध न्यायपरिषदमा छानबिनको माग गर्दै उजुरी परेको छ।

न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गरी कारवाही गर्नुपर्ने माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गराइएको हो। उजुरी युवराज पौडेलले दर्ता गरेका हुन्।

पौडेलले उजुरीमा न्यायाधीशद्वयको कार्यक्षमता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै उनीहरूलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।  उनले विगतमा उनीहरूले गरेका फैसलाहरूको समेत पुनरावलोकन गर्नुपर्ने उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।