image
image
ललितपुरको खाजाघरमा कुर्सीमै युवकको मृत्यु

ललितपुरको खाजाघरमा कुर्सीमै युवकको मृत्यु

काठमाडौँ   -    ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा रहेको एक खाजाघरमा खाजा खान गएका एक युवकको कुर्सीमै मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मृतक २३ वर्षीय टुकेस मगर हुन्, जो काभ्रेको महाभारत गाउँपालिका–५ घर भई ललितपुरको लोहाचोकमा बस्दै आएका थिए।

टुकेस मगर आफ्ना आफन्त दिलबहादुर आलेमगरले सञ्चालन गरेको खाजाघरमा बुधबार दिउँसो प्रवेश गरी कुर्सीमा बसेका थिए। सोही क्रममा उनी कुर्सीमै मृत फेला परेका हुन्।

प्रहरीका अनुसार मृतक अत्यधिक मात्रामा मदिरा सेवन गर्ने व्यक्ति थिए र घटना भएको दिन पनि उनले केही नखाई मदिरा मात्र पिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
एसपी जोशीले भने, "खाना नखाई र लगातार मदिरा सेवन गरेका कारण उनी कुर्सीमै ढलेर ज्यान गएको हुनसक्छ। घटनामा शंका गर्नुपर्ने अवस्था देखिएको छैन।"

प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरेको छ। मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन।शवलाई पोष्टमर्टमका लागि पाटन अस्पताल लगिएको थियो, र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। हाल शव परिवारले बुझिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।