image

आजदेखि मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ खुला

आजदेखि मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ खुला

काठमााडौं । मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आज ९वैशाख २१ गते० देखि बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि मात्र सेयर निष्कासन गरेको हो।

कम्पनीले सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमध्ये ३०५ ले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गा.पा.का. वडा नम्बर १ र ५ तथा बाह्रबिसे न.पा.का. वडा नम्बर ५,६,७ र ८ का स्थानीयलाई छुट्याइएको छ।

यस्तै, ७०५ ले हुन आउने ४२ लाख कित्ता सेयर भने सोहि जिल्लाका अन्य क्षेत्रका स्थानीयको लागि छुट्याइएको छ। 
यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने सकिने बिक्री प्रकन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

मध्य भोटेकोशी जलविद्युत् सन् २०१० मा स्थापना भएको कम्पनी हो । यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्य भोटेकोशी आयेजना निर्माण गरिरहेको छ। यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब छ । यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।