image
image
सुनसरीको कोशी गाउँपालिकाबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ

सुनसरीको कोशी गाउँपालिकाबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ   -    सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति रामधुनी नगरपालिका–४ बस्ने २१ वर्षीय आशिस चौधरी हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार चौधरीको साथबाट ६,६०० क्याप्सुल स्पास्मो प्रोक्सिभन, ९० क्याप्सुल ट्रामोल, र १६० ट्याब्लेट नाइट्रेजेपम बरामद गरिएको छ।

प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।