image
image
वरिष्ठ पत्रकार विजय चालिसेको निधन, गोकर्णेश्वरमा अन्तिम संस्कार

वरिष्ठ पत्रकार विजय चालिसेको निधन, गोकर्णेश्वरमा अन्तिम संस्कार

काठमाडौँ   -    प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ।
गोरखापत्र दैनिकका पूर्व सम्पादक समेत रहेका चालिसेको आज बिहान ९:३० बजे निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। अन्तिम संस्कार गोकर्णेश्वर घाटमा सम्पन्न हुने पाण्डेले जानकारी दिए। प्रेस चौतारी नेपालले पत्रकारहरूलाई अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित हुन अनुरोध गरेको छ।

चालिसे नेपाली पत्रकारिता, साहित्य तथा सामाजिक चेतनाको क्षेत्रमा दशकौं अघिदेखि सक्रिय थिए। प्रेस स्वतन्त्रताको पक्षमा दृढ रूपमा उभिने अग्रणी व्यक्तित्वका रूपमा उनको चिनारी रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।