सरकारले राप्रपाका तीन सांसदका पिएसओ एकै पटक फिर्ता गर्यो
काठमाडौं - सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही र सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) एकै पटक फिर्ता गरेको छ। यस कदमलाई व्यवस्थाविरुद्धको कार्य भन्दै राप्रपा नेताहरूले आपत्ति जनाएका छन्।
प्रमुख सचेतक शाहीले पिएसओ फिर्ता भएको जानकारी दिँदै भने, “यो मलाई आपत्तिको विषय चाहिँ होइन, तर किन फिर्ता भए भन्ने थाहा भएन।” उनले अरू दुई सांसदहरूको पनि पिएसओ फिर्ता भएको बताए। सांसद प्रधान र सिंहले पनि सुरक्षा फिर्ता भएको पुष्टि गर्दै, “हामीलाई दिएको सुरक्षा फिर्ता भयो, तर यसको कारण भने केही दिइएन,” भनेका छन्।
यस विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले भने, “सुरक्षा संवेदनशीलताको आधारमा बेलाबेला हामीले सबै पिएसओहरूलाई बोलाएर ब्रिफिङ लिने गरेका हुन्छौं, त्यही कारण बोलाइएको हो कि,” बताए।









