कास्कीमा बिहानको ४.४ म्याग्निच्युडको धक्कापछि दोस्रो पटक धक्का महशुस
काठमाडौं - आज, बुधबार, कास्की जिल्लाको अन्नपूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, यो भूकम्प मध्याह्न १२ बजेर ५० मिनेट जाँदा गएको हो।
यसअघि, बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प आएको थियो। यसरी, आजको दिनमा कास्की क्षेत्रले दुई पटक भूकम्पको धक्का महशुस गरेको थियो ।









