image
image
नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ८० अर्ब रुपैयाँ झिक्दै

नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ८० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं   -    बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आजपनि बजारबाट ८० अर्ब रुपैयाँ झिक्न लागेको छ। यसअघि तानेको रकमको परिपक्को अवधि सकिएपछि तरलता व्यवस्थापनका लागि यो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ।

वर्तमानमा निक्षेप बढिरहेको अवस्थामा कर्जा माग भने बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको छ। यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्ने निर्णय गरेको हो। अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल झरेपछि पुनः बजारबाट पैसा झिक्नुपर्ने अवस्था आएको छ।

निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरिएको छ।निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँको अंश राखेर भाग लिन सकिने व्यवस्था गरिएको छ। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।