बुटवलको होराइजन चोकमा आमासहित दुई बालबालिकाको बीभत्स हत्या (अपडेट)
काठमाडौं - बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा पूर्व श्रीमतीसहित दुई छोरीको वीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार, हत्यामा संलग्न पूर्व श्रीमानलाई पक्राउ गरिएको छ।
हत्या हुनेमा ३३ वर्षकी दीपा बस्याल र उनकी छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानी रहेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार, पूर्व श्रीमानले आफ्नी पूर्व पत्नीलाई आफ्नै घरमा बोलाएर आज बिहान अन्दाजी ४ बजेतिर हत्या गरेका थिए। हत्या गर्ने अभियुक्त सुरज कोइरालाले केही वर्षअघि आफ्नै दाजुलाई मारेर जेल बसेका थिए र संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए।









