image
image
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध

काठमाडौं   -    सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण दाङ–सल्यान खण्डको राप्ती लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार आज बिहान सडक माथिबाट खसेको पहिरोले यातायात अवरुद्ध भएको हो।

प्रहरी र स्थानीय प्रशासनले एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी राखेका छन्। साना सवारीसाधनलाई वैकल्पिक मार्गका रूपमा कपुरकोट–लामिडाँडा र कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।