सर्वोच्च अदालतमा गभर्नर नियुक्ति विवादमा रिट दर्ता
काठमाडौं - नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया र मापदण्ड संशोधनबारे सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको छ।अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि रिट निवेदन दिएका हुन् ।
उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको आरोप लगाएका छन् । निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।
पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।









