बूढानीलकण्ठको पार्क भिलेज होटलमा चोरी: ३ सय ३५ तोला चाँदी र ल्यापटप हरायो
काठमाडौं - बूढानीलकण्ठ नगरपालिका–३ स्थित पार्क भिलेज होटलमा सोमबार चोरी भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, होटलबाट करिब ३ सय ३५ तोला चाँदीका विभिन्न भाँडावर्तन र एक थान ल्यापटप चोरी भएको हो।
चोरीको घटनामा संलग्नको पहिचान अहिलेसम्म हुन सकेको छैन। प्रहरीले अनुसन्धान तीव्र बनाएको र चोरको खोजी भइरहेको जनाएको छ।









