संसद बैठक विपक्षी दलको विरोधपछि आधा घण्टाका लागि स्थगित
काठमाडौं - प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।
आजको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
तर, सभामुख घिमिरेले सत्ता पक्षका तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदले होहल्ला गरेसँगै बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।









