image
image
कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा सफलतापूर्वक आरोहण

कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा सफलतापूर्वक आरोहण

काठमाडौं    -     नेपालका प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाले सगरमाथाको ३१ औं पटक सफल आरोहण गरी आफ्नै कीर्तिमानलाई तोडेका छन्। उनीसँगै २२ जना भारतीय सैनिकहरूको आरोहण दलको नेतृत्व गर्दै मंगलबार बिहान ४ बजे उत्तर–पूर्वी प्रान्तमा सगरमाथाको ८,८४८.८६ मिटर उचाइको चुचुरोमा पाइला टेकेका हुन्।

सोलुखुम्बुका ५५ वर्षीय कामीरिता शेर्पाले १९९२ देखि आरोहण सुरु गरेका थिए र पहिलो पटक २०५१ सालको वसन्त याममा सगरमाथा आरोहण गरेका थिए। उनका पिता पनि एकजना अग्रणी पर्वतारोही थिए। कामीरिता शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गर्दा २४ वर्षको थिए।

सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जालमार्फत कामीरितालाई ३१ औं पटकको सफल आरोहणको लागि बधाइ दिएका छन्। उनले लेखेका छन्, "इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाइ।"

कामीरिता शेर्पाले २०२४ मा ३० औं पटक सगरमाथा आरोहण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।