राप्रपाले बोलायो संसदीय दलको बैठक, भिजिट भिसा प्रकरणमा छलफल गर्ने तयारी
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक मंगलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिएका छन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणका सम्बन्धमा छलफल हुने उनले बताएका छन्।
आज प्रतिनिधिसभाको पनि बैठक बस्दैछ। बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन्।









