image
image
नवलपरासीको अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपरासीको अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं    -   नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ स्थित अम्रसा जङ्गलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी मध्यविन्दु–७ चोरमारा निवासी २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकलमा सवार २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ।

प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, तीनै जना टायल मार्बलसम्बन्धी मिस्त्रीका रूपमा कार्यरत थिए र कामका लागि जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।