image
image
कैलालीमा त्रिनगर भन्सार कार्यालय प्रमुखमाथि कुटपिटको आरोपमा ४ जना पक्राउ

कैलालीमा त्रिनगर भन्सार कार्यालय प्रमुखमाथि कुटपिटको आरोपमा ४ जना पक्राउ

काठमाडौं   -  त्रिनगर भन्सार कार्यालयका प्रमुख अनन्त तिमल्सिनामाथि शनिबार राति कुटपिटको आरोपमा तीन नगर प्रहरी र एक सवारी चालक गरी चार जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा बैतडी दशरथचन्द नगरपालिका-१० का ५३ वर्षीय नगर प्रहरी लक्ष्मण सिंह धामी, धनगढी उपमहानगरपालिका-४ का ४६ वर्षीय नगर प्रहरी हवल्दार मणीदत्त भट्ट, वडा-५ का ४३ वर्षीय प्रहरी जवान जितेन्द्र सिंह धामी, कञ्चनपुर पुनर्वास नगरपालिका-१० का ४३ वर्षीय सवारी चालक रतन मल्ल छन्।

शनिबार राति ११ बजे धनगढी उपमहानगरपालिका-२ स्थित त्रिनगर भन्सार कार्यालयको परिसरभित्र प्रमुख तिमल्सिनामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरूलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।