तीनकुने हिंसा प्रकरण : दुर्गा प्रसाईँसहित ५० जनाको बयान आजदेखि जिल्ला अदालतमा
काठमाडौं - काठमाडौंको तीनकुनेमा चैत्र १५ गते राजावादीहरूले आयोजना गरेको आन्दोलनमा संलग्न अभियुक्तहरूलाई लिएर आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ। मुख्य अभियुक्त दुर्गा प्रसाईँसहित ५० जना प्रतिवादीको बयान न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा लिइँदैछ।
उनीहरूविरुद्ध राजद्रोह, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराधलगायतका मुद्दा दर्ता गरिएको छ। बयानपछि थुनछेक आदेश आउनेछ।









