image
image
जनकपुरधाममा साँढे जुधिरहेको स्थानमा स्कुटर दुर्घटना, चालकको मृत्यु

जनकपुरधाममा साँढे जुधिरहेको स्थानमा स्कुटर दुर्घटना, चालकको मृत्यु

काठमाडौं   -  जनकपुरधाम उपमहानगरपालिका–७ का ५० वर्षीय सत्तार राइनको स्कुटर दुर्घटनामा परि मृत्यु भएको छ। राति करिब साढे ८ बजे राइन मधेश प्रदेश ०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर घरतर्फ गइरहेका बेला पेठियाबजारमा दुई साँढे आपसमा जुधिरहेका थिए। स्थानीय सरकारको लापरवाहीका कारण सडकमा छाडा चौपाया छोडिँदा जोखिम बढेकोमा जनकपुरधामका नागरिकले चासो व्यक्त गरेका छन्।

घटनास्थलमा राइन स्कुटरबाट लडेर घाइते भएका थिए। उपचारका लागि उनलाई जानकी हेल्थ केयर अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका छन्। धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, यस घटनामा थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।