image
image
कपिलवस्तुमा ग्यास सिलिन्डर विष्फोट, दाजु–बहिनीको मृत्यु

कपिलवस्तुमा ग्यास सिलिन्डर विष्फोट, दाजु–बहिनीको मृत्यु

काठमाडौं   -   कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–५, जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा २४ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादवको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन दत्त भट्टका अनुसार, खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटरबाट एक्कासी ग्यास लिक भएर आगलागी भएको हो। आगोमा जलेर गम्भीर घाइते दाजु–बहिनीलाई राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो। उपचारकै क्रममा सोनमको मृत्यु भएको छ भने शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुवैको शव हाल भैरहवास्थित भीम अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।