संघीय संसद् अन्तर्गत अर्थ र उद्योग समितिको बैठक आज बस्दै
काठमाडौं - संघीय संसद् अन्तर्गत रहेका दुई संसदीय समितिको बैठक आज सोमबार दिउँसो १२ बजे बैठक अर्थ समितिको र बिहान ११ बजे उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको तय गरिएको छ।
अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे सरोकारवाला निकाय र विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ।
त्यसअघि बिहान ११ बजे सिंहदरबारमा उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ। उक्त बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ।









