image
image
सर्लाहीमा भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट १५ लाखको सुनचाँदी बरामद

सर्लाहीमा भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट १५ लाखको सुनचाँदी बरामद

काठमाडौं   -    सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१ स्थित पूर्व-पश्चिम लोकमार्गमा आइतबार बिहान ट्राफिक प्रहरीको चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा १५ लाख रुपैयाँ मूल्य बराबरका सुनचाँदीका गहना बरामद भएका छन्।

बीआर ३० एके ७२२० नम्बरको उक्त गाडीमा विभिन्न किसिमका सुनचाँदीका गहना फेला परेका छन्। गाडीमा भन्सार कागजात नभएको र चालकले मदिरा सेवन गरेको अवस्थामा फेला परेपछि गाडीलाई नियन्त्रणमा लिइएको थियो। चालकले अर्को चालक बोलाएर गाडी छाडेर भागेका थिए।

गाडीको खानतलासी गर्दा इन्जिनको भागमा प्लास्टिकले बेरेको झोलामा गहना र गाडीको अन्य भागबाट पनि चाँदी र नगद गरी करिब १५ लाख रुपैयाँ बराबरको सरसामान बरामद भएको छ। बरामद गाडी र सामानलाई आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।