पाकिस्तानमा भीषण आँधीबेहरी र असिनासहितको वर्षाले ठूलो जनधनको क्षति
काठमाडौं - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको तीव्र आँधीबेहरी र असिनासहितको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, अधिकांश मृतकहरू कमजोर संरचना भएका घरभित्र रहेका बेला भित्तो वा छाना भत्किएर च्यापिएका थिए। अचानक आएको मौसमी विपद्ले यातायात प्रणालीमा समेत गम्भीर असर पारेको छ। केही राजमार्गहरू बन्द गरिएको मोटरवे प्रहरीले जनाएको छ, भने लाहोरस्थित विमानस्थलमा उडान सञ्चालनमा कठिनाइहरू देखिएका छन्।
प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।









