image
image
तीनकुने घटनामा ६१ जना विरुद्ध मुद्दा दर्ता, ५० जना राज्यविरुद्धको कसुरमा प्रतिवादी

तीनकुने घटनामा ६१ जना विरुद्ध मुद्दा दर्ता, ५० जना राज्यविरुद्धको कसुरमा प्रतिवादी

काठमाडौं   -   काठमाडौँको तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा पोखरेलका अनुसार, ५० जनालाई राज्यविरुद्धको कसुरसमेतमा प्रतिवादी बनाइएको छ। अरु ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ। यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ। 

यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा सहितका नेताहरूलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा प्रतिवादी बनाइएको छ। यस्तै, दुर्गा प्रसाईं सहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ।

प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा करिब डेढसय जनालाई पक्राउ गरेको भएपनि संलग्नता नदेखिएका र ठूलो कसुर नगरेकाहरुलाई छाडेको थियो। सरकारी वकिल कार्यालयले ती मध्ये पनि ६५ जनालाई मात्रै मुद्दा चलाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।