image
image
सर्लाहीको बसबरिया गाउँपालिका–६ मा ट्रयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

सर्लाहीको बसबरिया गाउँपालिका–६ मा ट्रयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं   -   सर्लाहीको बसबरिया गाउँपालिका–६, मनटोलमा शनिबार दिउँसो करिब १ बजेतिर ट्रयाक्टरको पछाडिको भागले ६५ वर्षीय अमिरी पासवानलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। माटो पुर्दै गर्दा ज १ त ९५६४ नम्बरको ट्रयाक्टरको पछाडिको भागले टाउकोमा गम्भीर चोट पुर्‍याउँदा पासवानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।