धनगढीमा प्रहरीको असई हुँ भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं - धनगढी उपमहानगरपालिका-५ शिवनगरका २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। उनीमाथि धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई 'ब्यूरोबाट खटि आएको असई हुँ' भन्दै रकम मागेको आरोप छ।
स्थानीय होटल सञ्चालकले थापाको गतिविधि बारे अस्थायी प्रहरी पोस्ट बसपार्कलाई जानकारी गराएका थिए।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।









