image
image
बर्दियामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बर्दियामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं   -    बर्दियाको मधुवन नगरपालिका-८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा शनिबार राति दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक रहेका छन्।

गुलरिया नगरपालिका-२ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र मधुवन नगरपालिका-८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैजना चालकको मृत्यु भएको हो।

देवानन्दको मोटरसाइकलमा सवार गुलरिया नगरपालिका वडा नम्बर-२ निवासी अन्दाजी ३२ वर्षीय घाइते अनुपम यादवको बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बताए। घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

घटना शनिबार राति साढे ११ बजेतिर भएको हो। घाइतेहरूलाई उपचारको लागि तत्काल बर्दिया अस्पताल गुलरिया पठाइएकोमा दुईजनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। दुवै मोटरसाइकल सानोश्रीबाट गुलरियातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी डमरपालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।