तनहुँको मादी नदीमा जिप दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते
काठमाडौं - पृथ्वीराजमार्गअन्तर्गत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप व्यास नगरपालिका–३ र ४ जोड्ने पुलको रेलिङ भत्काएर मादी नदीमा खसेर दुर्घटना भएको छ। यस दुर्घटनामा प्रविन थापामगर, कुमार थापा र कुशल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ।
प्रहरीले दुर्घटनाका कारणको अनुसन्धान जारी राखेको जनाएको छ।









