image
image
धावनमार्गमा समस्याका कारण सुर्खेत विमानस्थलका सबै उडान रोकिए

धावनमार्गमा समस्याका कारण सुर्खेत विमानस्थलका सबै उडान रोकिए

काठमाडौं   -   सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि मंगलबारदेखि सबै हवाई उडान स्थगित भएका छन्। नेवार स्कुलतर्फको उत्तरी भागमा जमिनमुनिबाट पानी निस्किएपछि रनवेमा खाल्डो पर्न थालेको र त्यसको मर्मत सम्भारका क्रममा पुनः अर्को स्थानबाट पानी निस्किएपछि शुक्रबारसम्मका लागि उडान अवरुद्ध गरिएको विमानस्थल प्रमुख हिराज काफ्लेले जानकारी दिए।

उनका अनुसार, पानी हटाउने र धावनमार्ग मर्मतको काम तीव्र रूपमा भइरहेको छ। शनिबारदेखि पुनः नियमित उडान सुरु गर्ने लक्ष्य राखिएको छ।

यस अवधिमा हवाई यात्रीहरूलाई वैकल्पिक रूपमा झण्डै तीन घण्टा यात्रा गरी नेपालगन्ज पुग्नुपर्ने अवस्था आएको छ। बुद्ध एयर र श्री एयरलायन्सले दैनिक सुर्खेत–काठमाडौ‌ं रुटमा चार उडान गर्दै आएका थिए। नियमित हवाई यात्रा गर्ने सर्वसाधारण, बिरामी, कर्मचारी, विद्यार्थी तथा व्यापारीहरू सेवा बन्द हुँदा सास्तीमा परेका छन्।

स्थानीयवासीहरूका अनुसार खाल्डो परेको स्थान पहिला बस्ती रहेको जमिनमा निर्माण भएको हो। त्यहाँबाट बारम्बार पानी निस्किनु सामान्य समस्या नभएको उनीहरूको भनाइ छ। विमानस्थलको संरचना र माटोको प्रकृतिबारे गहिरो अध्ययन गरिनुपर्ने सुझावसमेत आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।