निजामती कर्मचारीहरूको ऐन विरोध: मन्त्रालयको गेटमा धर्ना
काठमाडौं - निजामती कर्मचारीहरूले प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरू नसमेटिएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा धर्ना दिइरहेका छन्। उनीहरूले ऐनमा २० वर्षसम्म एक पदबाट माथिल्लो पदमा बढुवा नहुने व्यवस्था रहेको भन्दै त्यसको निराकरण गर्नका लागि दबाब दिइरहेका छन्। निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य प्रकाश खातीका अनुसार, ऐन बन्नलाई १० वर्ष लाग्ने व्यवस्था गरिएको छ।
निजामती विधेयकमा अहिले रहेको प्रणालीगत त्रुटि र प्रणालीगत असफलतालाई निराकरण गर्ने कुनै विषय नसमेटिएको उनीहरूको भनाइ छ। धर्नामा सबै कर्मचारी सङ्गठनका प्रतिनिधिहरू रहेका खातीले जानकारी दिए।
निजामती कर्मचारी विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेको छ।









