फोक्सिङटारमा अस्थायी बेलिब्रिज हटाइयो, यातायातमा समस्या
काठमाडौं - सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज हाल हटाइएको छ। गत वर्षको बाढीले बगाएको मोटरेबल पक्की पुलको विकल्पमा अस्थायी बेलिब्रिज जडान गरिएको थियो। हाल नदीको पानीको सतह बढ्न थालेपछि उक्त बेलिब्रिज हटाइएको हो।
बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा जस्ता स्थानमा आवतजावत गर्न कठिन भएको छ। यात्रुहरूले वैकल्पिक मार्गको रूपमा दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता आएको छ। यो वैकल्पिक मार्ग कठिन, लामो र साँघुरो रहेकोले यातायातमा समस्या उत्पन्न भएको छ।









