काठमाडौँको च्हेत्रपतिबाट राजस्व छलीका सामग्रीसहित ८ जना पक्राउ
काठमाडौं - काठमाडौँको च्हेत्रपतिबाट विभिन्न मोबाइल कम्पनीका पार्टपुर्जा चोरी पैठारी गरी ल्याउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द, सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान, मोहम्मद रेहान र रौनक ठाकुर रहेका छन्।
प्रहरीका अनुसार, उनीहरूले विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण र भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुलचोक, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।









