image
image
चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

काठमाडौं   -   चितवनको इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा बुधबार दिउँसो परेको चट्याङले एक जनाको ज्यान लिएको छ भने अर्का एक जना घाइते भएका छन्। मृतकको पहिचान ५१ वर्षीय बिरू चेपाङको रूपमा भएको छ भने घाइतेको नाम दिल बहादुर चेपाङ रहेको बताइएको छ।

प्रहरीका अनुसार, बिरू र दिल बहादुर बाटोमा हिँडिरहेका बेला अचानक परेको चट्याङको चपेटामा परेका थिए। घटनास्थलको जानकारी प्राप्त भएपछि प्रहरी राति घटनास्थलमा पुगेको थियो। मृतकको शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ भने घाइतेलाई उपचारका लागि त्यही अस्पतालमा भर्ना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।