image
image
नारायणघाट–मुग्लिन सडकमा ट्रक ठोक्किँदा ७ जना घाइते

नारायणघाट–मुग्लिन सडकमा ट्रक ठोक्किँदा ७ जना घाइते

काठमाडौं   -   चितवनको नारायणघाट–मुग्लिन सडक खण्डमा आज बिहान दुई वटा ट्रक एक–आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। दुर्घटना भरतपुर–२९ गाइघाटमा बिहान ६ बजेर ५० मिनेटमा भएको हो।

नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाँदा दुबै सवारी साधनको अगाडिको भागमा क्षति भएको छ। दुर्घटनामा ट्रक चालकसहित ७ जना घाइते भएका छन्।

घाइते हुनेमा ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई–७ बस्ने वर्ष २५ का जयकान्त राय यादव, सोही स्थानका वर्ष २५ का हरिशंकर यादव, वर्ष २० का आकाश यादव, वर्ष २० का रबि कुमार यादव र वर्ष १९ का अनिल कुमार यादव रहेका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।यस्तै, बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर–१२ मुनालचोक बस्ने वर्ष ३७ का सन्तोष सुबेदी र ना ६ ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरूडा–५ बस्ने वर्ष ३४ का धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।