भारतमा कोभिड-१९ का घटनामा वृद्धि, स्वास्थ्य अधिकारीहरू सतर्क
काठमाडौं - भारतका विभिन्न राज्यहरूमा कोभिड-१९ का घटनामा वृद्धि भएको छ। स्वास्थ्य अधिकारीहरूले यसलाई नजिकबाट निगरानी गरिरहेका छन्।
मुम्बई, चेन्नई र अहमदाबाद जस्ता शहरमा पनि संक्रमणको घटनामा वृद्धि भएको छ। तमिलनाडुमा कोभिड–१९ का १२ जना फेला परेका छन्। यस्तै पुडुचेरीमा पनि १२ जनामा कोरोना संक्रमण भएको जनाएको छ। कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावका अनुसार कर्नाटकमा कोभिड–१९ का १६ जनामा देखिएको बताए। गुजरातको अहमदाबादमा एकै दिनमा सात जनामा कोरोना देखिएको छ।
स्वास्थ्य अधिकारीहरूले मास्कको प्रयोग, सामाजिक दूरी र नियमित ह्यान्ड हाइजिनको पालना गर्न सल्लाह दिएका छन्। उच्च जोखिमका व्यक्तिहरूलाई सतर्क रहन र आवश्यक परेमा बुस्टर डोज लगाउन सुझाव दिइएको छ।









