डा. पौडेलले गभर्नरको रूपमा शपथ ग्रहण
काठमाडौं - प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
यो समारोह सर्वोच्च अदालतमा आयोजित गरिएको थियो। मंगलबारको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो।









