रवि लामिछानेको मुद्दामा आज सुनुवाइ स्थगित
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ। यसअघि 'हेर्दाहेर्दै' मा राखिएको उक्त मुद्दामा न्यायाधीश नहकुल सुवेदीको अनुपस्थितिका कारण सुनुवाइ स्थगित गरिएको हो।
लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। मंगलबारदेखि सुरु भएको बहस नसकिएपछि आज सुनुवाइ स्थगित गरिएको हो।
यसअघि, उच्च अदालत बुटवलले रुपन्देही जिल्ला अदालतको आदेशलाई उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। लामिछाने र जोशीले उक्त आदेशको विरोध गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।









