सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले वृद्धि भएको छ
काठमाडौं - बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलामा छापावाल सुनको मूल्य ५ हजार रुपैयाँ बढेर १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार उक्त मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९९० रुपैयाँ पुगेको छ।









